Logo

बालेन र नगरसभा सदस्य आमनेसामने हुँदा सुनिताको पोर्चुगल भ्रमण स्थगित



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १५ असारमा तय भएको पोर्चुगल भ्रमण रद्द गरेकी छन् ।

नगरसभा बैठक देखिएको विवादकाबीच पोर्चुगल भ्रमणमा निस्कँदा गलत सन्देश जानसक्ने भन्दै उपमेयर डंगोलले भ्रमण स्थगित गरेकी हुन्।

शुक्रबार बिहानैमात्र काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको थियो। मेयर बालेन्द्र शाह तीन घन्टासम्म बैठकमा नपुगेपछि नगरसभा सदस्यहरू फर्किन बाध्य भएका थिए।

आज नीति कार्यक्रम छलफल भएर पास हुने आकलनको साथ डंगोलको भ्रमण तय भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot