Logo

प्रा.डा. सुरेन्द्र केसीको पुस्तक ‘स्मृति र अनुभूति’ सार्वजनिक



काठमाडौं, १४ असार । प्रा.डा. सुरेन्द्र केसीको पुस्तक स्मृति र अनुभूति सार्वजनिक गरिएको छ । आज (शुक्रबार) एक समारोहका बीच प्रा.डा. केसीको पुस्तक सार्वजनिक गरिएको हो । उनको पुस्तक सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितलगायतको उपस्थिति रहेको थियो ।

डा. केसीका अनेकौं अनुसन्धानात्मक तथा विश्ले षणात्मक लेख रचनाहरू विभिन्न जर्नल तथा पत्रपत्रिकाहरूमा प्रकाशित छन् । विभिन्न राष्ट्रियस्तरका गोष्ठीहरूमा उनले गोर्खा भर्ती, आदिवासी जनजाति, आप्रवासी समस्या, सीमा समस्या र सन्धि विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरेका छन् र तिनीहरु प्रकाशितसमेत छन् ।

प्रा.डा. केसीले विभिन्न पत्रपत्रिकाहरूमा स्तम्भकारको भूमिकासमेत निर्वाह गरेका थिए । उनको पुस्तक ‘स्मृति र अनुभूति’ पैरवी प्रकाशनले बजारमा ल्याएको हो । Photo by: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot