Logo

प्रभु साहका कार्यकर्ताले जलाए श्रममन्त्री अर्यालको पुत्ला



काठमाडौं । प्रभु साह नेतृत्वको पार्टी आम जनता पार्टी (आजपा) का कार्यकर्ताले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको पुत्दा जलाएका छन् ।

शुक्रबार आजपाका कार्यकताले अर्यालको पुत्ला जलाएका हुन् । वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन लागिपरेको आजपाको भातृ संगठन आईटी आर्मीले जारी आन्दोलनको कुनै पनि सुनवाई नभएपछी आज मन्त्री अर्यालको पुत्ला जलाएका हुन् ।

वैदेशिक रोजगार बिभागमा पीडित आन्दोलनकारीहरु १३ दिन देखि लगातार धर्ना एवं घेराउ गरिरहेका थिए । बिदेश जाने युवाहरु सँग बिना रसीद मोटो रकम लिई ठगी गर्नेलाई कारबाही नगरि सरकारले उल्टै आन्दोलनकारीलाई दमन गरेको भन्दै आइटी आर्मीले आपत्तिसमेत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot