Logo

सत्तारुढ दलबीच भागबन्डा नमिलेपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द



काठमाडौं,१४ असार । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि जारी प्रक्रिया नै रद्द भएको छ।

प्राप्त आवेदनमा ५ जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया नै रद्द हुन पुगेको हो।

बोर्डको अध्यक्षका लागि सर्ट लिष्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तरवार्ता बहिष्कार गरेका थिए । सेबोनमा अध्यक्षका दावेदार श्रेष्ठसहति मुक्ति श्रेष्ठ, नवराज अधिकारी, चिरञ्जिवी चाचपागाईं र कृष्णबहादुर कार्कीको नाम सर्ट लिष्टमा परेको थियो । सन्तोष र मुक्तिबाहेकअन्य तीनजनाले अन्तरवार्ता बहिष्कार गरेपछि नियुक्रि प्रकृया रद्द भएको हो ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना प्रकाशन गर्दै सबै प्रक्रिया रद्द भएको जनाएको हो। 

समितिले सूचनामा भनेको छ, ‘…समितिको २०८१ असार १४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्ति नाम सिफारिस गर्न ०८० फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सबै प्रक्रिया रद्द गरिएको व्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

अन्तरवार्तामा सहभागी ५ जनामध्ये ३ जनाको नाम सिफारिस गर्ने र तीनमध्ये एकजनालाई मन्त्रिपरिषद्को बैठकले अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । तर, ३ जनाले अन्तरवार्ता बहिष्कार गरेपछि प्रकृया के गर्ने भन्नेमा अन्यौलता थियो । त्यसका लागि समितिले राय माग्दै महान्यायाधीवक्ताको कार्यालयमा पत्र पठाएको थियो । महान्यायाधीवक्ताको कार्यालयले अन्तरवार्तामा सहभागी २ जना र नआएका मध्ये एकजनालाई राखेर तीन जनाको नाम पठाउन मिल्नेगरि राय पठाएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयको पहिलो राय तीन जनालाई सिफारिस गर्नु भन्ने थियो । भने दोस्रो रायमा पक्रृया नै रद्द गर्न पनि सकिने उल्लेख थियो । सो अनुसार प्रकृया रद्द भएको हो । सत्तारुढ दल नेकपा एमालेले सन्तोष नारायणलाई अध्यक्ष बनाउन चाहेको थियो । तर, अर्थमन्त्री वर्षमान पुनले अर्कै च्यापेपछि प्रकृया रद्द भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot