Logo

माधवको खोजी भएपछि ओलीको जवाफ,‘नबुझी बोलाउन हुँदैन, रूवाबासी गरेर कार्यक्रम चल्न दिनुहुन्न’



काठमाडौं, १४ असार । जननेता मदन भण्डारीको ७३औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको खोजी भएको छ । फाउन्डेशनको संरक्षकसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैगर्दा एकीकृत समाजवादीका अध्यक्ष नेपालको खोजी भएको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालको खोजी भएपनि अध्यक्ष ओली बोल्दाबोल्दै केही समय रोकिएर सुनेका थिए । त्यसपछि ओलीले नबुझी कसैलाई बोलाउन नहुने बताए । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालले आएपछि गुनासो पोखेर रुवाबासी गर्नेगरेको टिप्पणी गरे ।

‘नबुझी बोलाउन राम्रो हुँदैन । किन भने उहाँसँग मैले धेरै पकट भेटेको छु र आएपछि उहाँले आफ्नो गुनासो, यहाँ रूवाबासी गरेर कार्यक्रम चल्न दिनुहुन्न । किन बोलाउनु ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot