Logo

महँगो चिया उत्पादन गर्न उद्योगीहरुलाई ओलीको सुझाव



काठमाडौं, १४ असार । जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठानले चिया व्यापारीहरुलाई सम्मान गरेको छ । आज (शुक्रबार) तुलसी स्मृति भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका संरक्षकसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चिया व्यवसायीहरुलाई सम्मान गरेका हुन् ।

चिया व्यापारीहरुलाई सम्मान गर्दै ओलीले सबैभन्दा महँगो चिया उत्पादन गर्न सुझाव दिए । नेपालीहरुले भर्खर–भर्खर चिया खान सुरु गरेको सुनाउँदै उनले विदेश निर्यातका लागि महँगो चिया उत्पादन गर्न सुझाव दिएका हुन् ।

‘तपाईँहरुले यस्तो चिया उत्पादन गर्नुस् कि महँगो, महँगो । नेपालीले किन्नै नसक्ने, विदेशीले मात्रै किन्न सक्ने खालको । नेपालीहरुले चिया खान भर्खरै थालेका हुन् । ब्रिटिसजस्तो पुरानो चिया खाने होईनौं हामी । टिम्मुर पानी खाएर हुर्किएका मान्छे केही छैन,’– उनले भने ।

उनले चिया निर्यातका लागि बोर्डरमा समस्या रहेको सुनाए । उनले व्यापारीहरुलाई चिया भण्डारणका लागि क्वारेन्टाइन व्यवस्था गर्न आग्रह गरे । क्वारेन्टाइन व्यवस्थापनका लागि कृषिमन्त्रीसँग भनिदिने उनले आश्वासन दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot