Logo

माधवलक्षित ओलीको टिप्पणीः मौका मिले जबज मार्गदर्शक सिद्धान्त, नत्र केही पनि होईन !



काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले पार्टीलाई मार्गदर्शन गरिरहेको बताएका छन् । आज (शुक्रबार) मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबज संघर्षहरुको अनुभवको निश्कर्षबाट नेपालको परिप्रेक्षमा आवश्यक सिद्धान्त रहेको बताए ।

‘जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जबजप्रति ओठे भक्ति होईन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होईन,’– उनले भने ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले मौका मिले जबज राम्रो मौका नमिले केही पनि होईन भन्न नहुने बताए । उनले जबजप्रतिको दृष्टिकोण मौका परस्त हुन नहुने बताए ।

‘मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होईन । अझ राम्रै मौका मिल्ने भयो भने मौका नमिले होईन । अझै राम्रै मौका मिल्ने भयो भने जबज मार्गदर्शक सिद्धान्त नै हो । स्वार्थ पूरा नहुने हो भने केही पनि होईन । जबजप्रतिको हाम्रो दृष्टिकोण मौका परस्त होईन,’– उनले भने ।

एकीकृत समाजवादीमा अहिले जबजलाई मार्ग निर्देशक सिद्धान्त मान्ने कि नमान्ने भन्ने बहस चलिरहेको छ । पार्टी अध्यक्ष नेपाल भने जबज छोड्न नहुने पक्षमा छन् । सम्मानित नेता झलनाथ खनाल पक्षधर भने जबज अब पुरानो भइसकेको बताउँछन् । सम्मानित नेता खनालले त जबजलाई दक्षप्रजापतिलाई जोडिएको बोकाको टाउकोका रुपमा व्याख्या गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot