Logo

मुकुलको प्रतिवेदनबारे शिशिर खनाल: उहाँकै प्रस्तावमा हामी सरकारमा गएका हौं, बालेनसँग मिल्ने कुरा नयाँ होईन् (भिडिओसहित)



काठमाडौं,१५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री डा मुकुल ढकालले ल्याएको प्रतिवेदनबारे गम्भीर भएर छलफल गर्ने बताएका छन् । शुक्रबार प्राइम टाइम्स टेलिभिजनको लोकप्रिय कार्यक्रम जनता जान्न चाहान्छन् मा पत्रकार ऋषि धमलासँग सम्वाद गर्दै खनालले महामन्त्री ढकालकै प्रस्तावमा रास्वपा सरकारमा गएको प्रष्ट पारेका छन् ।

‘जतिबेला हामी सरकारमा गयौं । त्यतिबेलाको निर्णय प्रक्रियामा महामन्त्री ढकालनै थिए । उहाँले टेबल गरेकै एजेण्डामा हामीले औपचारिक निर्णय गरेका हौं’ उनले भने ‘इलाम उपनिर्वाचनको नतिजा जो हाम्रो लागि अपेक्षाकृत भएन् । त्यसपछि पार्टीको सचिवालय बैठकले उहाँले हामीले अपेक्षाकृत नतिजा किन ल्याउन नसकेकोे रहेछौं । के भएको हो । देशैभर घुमेर प्रतिवेदन लिएर आउनु भनेर पार्टीले उहाँलाई खटाएको हो । उहाँले जिल्ला घुमेर प्रतिवेदन ल्याएर सभापतिलाई दिनुभएको छ । सो बारेमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक डाकेका छौं’ ।

खनालले ढकालेको प्रतिवेदन आफूले अहिलेसम्म अध्ययन गर्न नपाएको बताए । उनले प्रतिवेदन अध्ययनपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताए । ‘त्यो प्रतिवेदनमा के छ । भन्नेकुरा मलाई थाहा छैन् । पार्टी महामन्त्रीले के निष्कर्ष निकाल्नु भयो । त्यो मलाई थाहा छैन् । जति कुरा मिडियामा आए । मैले पनि त्यहि पढेको हो । महामन्त्रीले पार्टी गम्भीर संकटमा छ भनुनभयो । तर, त्यसको पुष्टि हुन आधार चाहिन्छ । हामी केन्द्रीय समितिमा छलफल गछौं’ उनले भने ।

उनले बालेन र गोपीहरुसँग मिल्ने कुरा नयाँ नभएको प्रष्ट पारे । पूर्व शिक्षामन्त्रीसमेत रहेका खनालले भने ‘बालेन र गोपीहरुसँग मिल्नेकुरा हामी वैकल्पीक धारका पार्टीको काम नै हो । तर यो नयाँ कुरा होईन् । किनकी आजको दिनमा यदि वैकल्पीक धारको नेतृत्व कुनौ पार्टीले गर्छ भने त्यो रास्वपा हो । स्वतन्त्र वा वैकल्पीक धार भनिएका साथीहरुलाई एकै ठाउँमा हामीले ल्याउनुपर्छ । तर, सरकारमा रहने कि नरहेन, छाड्ने कि नछाड्ने भन्नेकुरा पार्टीको निर्णय हो । कुनै व्यक्तिको निर्णयले हुँदैन’ ।

खनालले महामन्त्री ढकालले अहिले नै तत्काल सरकार छाडौं भनेर नभनेको भए । राम्रो हुने बताए । ‘हाम्रो सबै मन्त्रीले राजीनामा खल्तीमा बोकेर हिँड्नु भएको छ । उहाँकै प्रस्तावमा हामी सरकारमा गएका हौं । त्यसैले पहिला पार्टीमा गम्भीर ढंगले छलफल गरेरमात्र यो कुरा बाहिर आउनुपथ्यो । काम गर्न नसकेको दिन राजीनामा दिएर सरकार छाड्छौं भनेर हामीले पहिले पनि भनेका नै छौं’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot