Logo

मन्त्री बुढाको सक्रियतामा स्थानीयको जीवनस्तर सुधारका लागि ७ शहरमा महत्वकांक्षी परियोजना सुरू गर्दै शहरी विकास मन्त्रालय



काठमाडौं । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडीवीको सहयोगमा नेपालका ७ वटा शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत संचालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी शहरी कलष्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ ।

परियोजनालाई प्रभावकारी ढंगबाट संचालन गर्ने सन्दर्भमा शुक्रवार शहरी विकासमन्त्री धनबहादुर बुढाले एशियाली विकास बैंकका प्रतिनिधीहरुसँग प्रारम्भिक वैठक शुरु गरेका छन् । बैठकमा मन्त्रालयकाा सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, उपमहानिर्देशक नारायण भण्डारी लगायतको उपस्थिति थियो ।

उक्त प्रारम्भिक बैठकमा सहभागिता जनाउन एडिवीको मुख्य कार्यालय मनिलाबाट परियोजनाका टिम लिडर प्याट्रिक ल्याभे्ररी, पोर्टफोलियो म्यानेजर हिराकु सोजी लगायत टिम नेपाल आएको थियो । वैठकलाई सम्बोधन गर्दै मन्त्री बुढाले स्थनिय सरकारसँग मिलेर निर्देशित कार्ययोजना अनुसार परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालयको समन्वयमा एडिवीले यसअघि पनि थुप्रै परियोजना सफलतापुर्वक संचालन गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री बुढाले आगामी दिनमा पनि जनताको जीवनस्तर सुधारका लागि यस्ता खाले परियोजना थप गर्दै लैजानुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot