Logo

डोटीमा ट्याक्टर दुर्घटना, चालकको निधन



डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको हो ।

सायल –४ डौडमा भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot