Logo

प्रचण्डलाई छेउमा राखेर विप्लवले गरे पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग



काठमाडौं,१५ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व।पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।

शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै चन्दले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन् भन्नेमा कम्युनिस्टहरू सबै सहमत रहेको बताएका हुन् ।

“पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ,” उनले भने ।

उनले सामन्तवाद र साम्राज्यवादी शक्तिविरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतीत गरेको उल्लेख गरे । “।।।यो दुईवटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ,” उनले भने, “वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झन्डा उठाउनुभएको छ र लड्नुभएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot