Logo

प्रचण्डको आह्वान: पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौँ, दोष अर्काको थाप्लोमा हालेर आफूलाई दूधले नुहाएको देखाउने प्रवृत्ति ठीक होईन्



काठमाडौं,१५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गर्न आग्रह गरे । साथै, उनले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्छ भन्नेमा आफू प्रष्ट रहेको बताउँदा साझा मुद्दाहरुमा सहकाय गरेर अघि बढ्न पनि आह्वान गरेका छन् । ‘म यही मञ्चमार्फत सबै कम्युनिस्ट घटक र नेताहरूमा अपिल गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ ।’

दोष जति सबै अर्काको थाप्लोमा हाल्दिने, तर आफू चाहिँ दूधले नुहाएको जस्तो प्रवृत्ति देखाउनाले कम्युनिष्टहरु एकताबद्ध हुन नसकेको उनको तर्क थियो । उनले कम्युनिष्टहरुको पक्षमा दुई तिहाइ जनमत बनाउन नेतृत्व गर्नेभित्रमा आफू रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot