Logo

सर्वोच्चले पद थमौती गरेपछि फणीन्द्रले लिए उर्जामन्त्रीको शपथ



काठमाडौं,१६ असार । गण्डकी प्रदेशका नवनियुक्त उर्जामन्त्री फणीन्द्र देवकोटाले शपथ लिएका छन् । आज पोखरामा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मन्त्रीको शपथ दिलाएका हुन् ।

यसअघि बिहीबार नै मन्त्री नियुक्त गर्ने तयारी थियो । तर, सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाएसँगै रोकिएको थियो ।

गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उनको पद थमौती गर्दै कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश दिएलगत्तै उनी प्रदेश सभामा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot