Logo

एमाले-कांग्रेसबीच सहकार्य हुन्छः महेश बर्तौला (भिडिओसहित)



काठमाडौं, १६ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले देश निर्माणका विषयमा नेपाली कांग्रेससँग सदैव सहकार्य हुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहजीकरण गरेर देश निर्माणका लागि एमाले–कांग्रेसबीच सहकार्य, संवाद र समन्वय हुने बताएका हुन् ।

अध्यक्ष केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच हिजो (शनिबार) भएको तीन घण्टा लामो छलफलतर्फ लक्षित गर्दै उनले तत्काल एमाले–कांग्रेसबीच सत्ता सहकार्य नहुने बताए । उनले ओली–देउवाबीच हिजोको छलफलमा सत्ता समीकरण फेरबदलबारे छलफल नै नभएको दाबी गरे ।

‘नेपाली कांग्रेससँग नेकपा (एमाले) का सदैव सहकार्य हुन्छ । संवाद हुन्छ, समन्वय हुन्छ । सहजीकरण गरेर देश निर्माण गरेर अगाडि बढ्ने कुरामा काहीँ कतै दुविधा नै छैन ।’ उनले भने, ‘देश निर्माणका विषयमा कांग्रेस र एमालेका शीर्षस्थ नेताको बीचमा छलफल हुने कुरा नियमित हुनुपर्छ । तर, सरकार अदलबदलको पाटोमा त्यो छलफल रहेन । अहिले त्यो सम्भावना छैन, त्यो कोर्षमा मुलुक पुग्दैन ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot