Logo

भुटानी शरणार्थी प्रकरण: प्रतीक र बेचनलाई आज अदालत पेश गरिने



काठमाडौं,१६ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका २ जनालाई आज अदालतमा पेश गरिँदैछ ।

पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र बेचन झा लाई आज अदालत लगिने भएको हो । उनीहरु दुवैजना शुक्रबार राती काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरु १ वर्षदेखि फरार सूचीमा थिए । प्रतीकलाई बयानका लागि र बेचनलाई म्याद थपका लागि अदालत लान लागिएको हो ।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ । परिसरले गरेको पहिलो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिएनन्।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै बिचौलियाबाट १ करोड रुपैयाँ लिएको दाबी अभियोग पत्रमा गरिएको छ।

प्रतीकविरुद्ध ठगी, सकारी कागजात किर्ते र राष्ट्रहित प्रतिकुल कामका लागि संगठित अपराधमा मुद्दा दर्ता भैसकेको हुनाले उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दैन ।

उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर गरेको आरोप छ । सबै कसुर जोड्दा उनलाई २४ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा प्रतीकको पनि संलग्नता खुलेको अभियोग पत्रमा उल्लेख छ । प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुसँगको भेटघाटको जक्सन काठमाडौंको नक्सालस्थित निलगिरी होटललाई बनाएको अभियोग पत्रमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका उच्च पदस्थ अधिकारीहरु पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा पक्राउ परेका खाण अहिले धरौटीमा रिहा भएका छन् भने रायमाझी कारागार चलान भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot