Logo

देउवा बालकोट पुगेको भोलिपल्ट प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली



काठमाडौं,१६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । 

दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।

देउवाले शनिबार ओलीसँग भेटेर सहकार्यको प्रस्ताव अघि सारेका छन् । देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेपछि अत्तालिएका प्रचण्डले बिहानै फोन गरेर भेट्ने प्रस्ताव राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot