Logo

घेराबन्दीमा पर्नेसक्ने मुकुलको आशंका, केन्द्रीय समिति बैठक लाइभ गर्न माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले आगामी बुधबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग गरेका छन् ।

बैठक लाइभ गर्न सभापति रवि लामिछानेलाई आफूले आग्रह गरेको ढकालले बताएका छन् । तर, यसबारेमा लामिछानेले जवाफ दिइनसकेको उनको भनाइ छ ।

ढकालले समीक्षा यात्राको प्रतिवेदन बुझाएपछि त्यसमाथि छलफल गर्ने कार्यसूचीसहित रास्वपाले बुधबार बैठक बोलाएको हो । सोही कारण बैठकको लाइभ गर्न ढकालले आग्रह गरेका हुन् ।

महामन्त्री ढकालले ३९ जिल्लाको भ्रमणबाट फर्किएपछि तत्काल पार्टीमा सुधार नगर्ने हो भने पार्टी विवेकशीलको बाटो गएको समीक्षा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका संवेदनशील विषय सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।

महामन्त्री ढकालले पेश गरेको सो प्रतिवेदनपछि उनीमाथि घेराबन्दी सुरु भएको चर्चा हुने गरेको छ । ढकालेल पनि सोही आशंका गरे बैठक लाइभ गर्न माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot