Logo

एकीकृत समाजवादीको १०औं महाधिवेशनः र्‍यालीसहित प्रज्ञाप्रतिष्ठान पुगे नेता तथा कार्यकर्ताहरु (फोटोफिचर)



काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु काठमाडौंको भृकुटीमण्डपबाट कमलादीको प्रज्ञाप्रतिष्ठानसम्म र्‍यालीसहित पुगेका थिए । सो क्रममा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

र्‍यालीमा अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, बेदुराम भुसाल, प्रकाश ज्वालालगायतका नेताहरु सहभागी थिए । महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधिले समभागिता जनाउँदैछन् ।

महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको छ भने महाधिवेशनमा पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था कार्यान्वयन गरिदैछ । पार्टी विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना हुने, पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिदैछ ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् । फोटो: मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot