Logo

संसद् दिवसमा इतिहासलाई फर्केर हेर्दा, यस्ता थिए पहिलोपटक संसद् छिर्ने १०९ जना माननीयहरू (सूचीसहित)



काठमाडौं, असार १६ । आज संसद् दिवस। अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन। मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो।

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ। संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन्।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो। उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो।

देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन। पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ। बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो।

नेपालको संसद्को तल्लो सदन प्रतिनिधि सभाको लागि १०९ प्रतिनिधिहरूलाई निर्वाचित गर्नको लागि विसं २०१५ साल फागुन ७ देखि विसं २०१५ साल चैत्र २१ सम्म ४५ दिन नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचन भएको थियो । २०१५ फागुन १ गते लागू गरिएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम यो निर्वाचन सम्पन्न गरिएको थियो।

प्रतिनिधि सभाको लागि तय गरिएको १०९ वटा सिटको लागि जम्मा ७८६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए। देशको कूल जनसङ्ख्या ८५ लाख ५० हजारमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान गर्नको लागि योग्य रहेका थिए। देशभर विभिन्न चरणमा सम्पन्न गरिएको यस निर्वाचानमा जम्मा ४२।१८ प्रतिशत मतदान भएको थियो ।

यस निर्वाचनमा मतदान गर्न पाउने नागरिकहरूको न्यूनतम उमेर २१ वर्ष कायम गरिएको थियो। १०९ मध्ये ७४ सिट जितेर नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो। नेपाली काङ्ग्रेसले उक्त निर्वाचनमा जम्मा मतदानको ३८ प्रतिशत मत प्राप्त गरेको थियो। चुनाव जितेपछि काङ्ग्रेसका सभापति तथा संसदीय दलको नेता बिपी कोइराला देशको पहिलो प्रजातान्त्रिक निर्वाचित र २२औँ प्रधानमन्त्री बन्न सफल भएका थिए।

वर्तमान समयको जस्तो जिल्लागत संरचना नभएकोले स्थान विशेष वा स्थानभन्दा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरेर निर्वाचन क्षेत्र छुट्याइएको थियो। २०१५ मा हिमाल र पहाड क्षेत्रमा २३ प्रशासकीय एकाई थियो भने तराई क्षेत्रमा १२ तहसिल भनिने प्रशासनिक एकाई रहेको थियो। एउटा निर्वाचन क्षेत्रमा न्यूनतम २३ हजार जनसङ्ख्या हुनैपर्ने र ५२ हजारभन्दा बढी जनसङ्ख्या हुन नहुने गरी जनसङ्ख्याको आधारमा १०९ वटा निर्वाचन क्षेत्र बनाइएको थियो। आम निर्वाचन २०१५ लाई सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोगका प्रधान निर्वाचन आयुक्त सुवर्ण शमसेर राणालाई जिम्मेवारी दिइएको थियो।

कूल ९ वटा राजनीतिक दल र २६८ जना स्वतन्त्र उम्मेदवारहरूले १०९ सिटको लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। नेपाली काङ्ग्रेसले १०८ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाएकोमा ७४ स्थानमा जित्न सफल भएको थियो। गोर्खा परिषदले ८६ स्थानमा उम्मेदवारी दिएकोमा जम्मा १९ स्थानमा मात्र जीत निकाल्न सकेको थियो भने नेपाल कम्युनिष्ट पार्टीले ४७ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उतारेकोमा मात्रै ४ स्थानमा जीतको स्वाद पाएको थियो। निर्वाचन ऐन, २०१५ बमोजिम सम्पन्न गरिएको यो निर्वाचनपछि ४ वटा राजनीतिक दलले मात्रै राष्ट्रिय राजनीतिक दलको स्थान पाएका थिए। ९ वटा मध्ये ८ वटा राजनीतिक दलको अध्यक्षले निर्वाचनमा हार बेहोर्नुपरेको थियो। सो निर्वाचनमा नेपाली काङ्ग्रेसका सभापति बिपी कोइरालाले निर्वाचन क्षेत्र नं। ३२ मोरङ दक्षिण विराटनगर पश्चिमबाट जित्न सफल भएका थिए। भने पहिलो र एकमात्र महिलाको रुपमा द्वारिकादेवी ठकूरानी निर्वाचित भएकी थिईन् ।

यस्तो थिए पहिलो आम निर्वाचनमा निर्वाचित १०९ जना सांसदहरु

नेपाली काङ्ग्रेस

१. गणेशमान सिंह
२. जगन्नाथ
३. चन्दलाल श्रेष्ठ
४. गृहबहादुर बस्नेत
५. मणिराम शास्त्री
६. पेशलकुमार पोखरेल
७. बलबहादुर राई
८. खङगबाहादुर कार्की
९. भूदेव राई
१०. देवानसिंह राई
११. लिलानाथ पाध्याय
१२. पदमनाथ रेग्मी
१३. कुलमान लिम्बु
१४.प्रेमराज आङ्दम्बे
१५. तेजमान तुम्बाहाङ्फे
१६. डबल सिं सेन लिम्बु
१७. गणेशप्रसाद उपाध्याय
१८. कृष्णप्रसाद भट्टराई
१९. भत्तेबहादुर बुढाथोकी
२०. ख.चेतुलाल चौधरी
२१. विश्वेश्वरप्रसाद कोइराला
२२. दि.ज्ञानचन्द्र सरदार
२३. अम्बरसिंह बस्नेत क्षेत्री
२४. डा.नागेश्वरप्रसाद सिंह
२५. सूर्यनाथदास यादव
२६. देवनाथ दास
२७. माधवप्रसाद रेग्मी
२८. सरोजप्रसाद कोइराला
२९. रुद्रप्रसाद गिरि
३०. महेन्द्रनारायण निधि
३१. रामनारायण मिश्र
३२. वेदीमाधव सिंह
३३. भागवत यादव
३४. सुवर्णशमेशर जवरा
३५. सुवर्णशमशेर जबरा
३६. विश्वबन्दु थाप
३७. पृथ्वीराज कँडेल
३८. शिपपति प्रताव सिंह
३९. परशुनारायण चौधरी
४०. ललित चन्द
४१. राधाकृष्ण कोठिया
४२. लोकेन्द्रबहादुर शाह
४३. द्वारिकालाल चन्द ठकुरानी
४४. दुर्गादत्त जोशी
४५. कृष्णराज लेखक
४६. कर्णबहादुर सिंह
४७. शिवराज पन्त
४८. शिवराज पन्त
४९. दिलबहादुर बुढाथापा
५०. भक्तबहादुर शाही
५१. निरबहादुुर पछाही
५२. राजा स्वयंप्रकाश विक्रम शाह
५३. नेबबहादुर मल्ल
५४. गणेशकुमार शर्मा
५५. जुद्धबहादुर खत्री क्षत्री
५६. टेकबहादुर घर्ती क्षत्री
५७. खडानन्द पाध्या
५८. अनिरुद्र उपाध्याय
५९. पं.पुरुषोत्तम शर्मा
६०. राज भरतवम मल्ल
६१. योगेन्द्रमान शेरचन
६२. क.प. गिरिप्रसाद बुढाथोकी
६३. निलाम्वर पन्थी
६४. सुवर्णशमशेर जबरा
६५. काशीनाथ गौतम
६६. अच्युतराज रेग्मी
६७. जमानसिंह गुरुङ
६८. एमबहादुर ठकुरी
६९. डिकबहादुर गुरुङ
७०. मीनबहादुर गुरुङ
७१. श्रीकान्त अधिकारी
७२. नरेन्द्रजंग गुरुङ
७३. पदमबहादुर
७४. श्रीभद्र शर्मा

नेकपातर्फ पहिलो निर्वाचित सांसद

१. तुलसीलाल अमात्य
२. शेख फर्मान
३. हरदयाल महतो
४. कमलराज रेग्मी


नेपाल राष्ट्रवादी गोरखा परिषद्तर्फ
१. नरबहादर थापा क्षेत्री
२. गुणनिधि
३. सुरेन्द्रप्रसाद उपाध्याय
४. तिर्थमान लामा
५. हर्षजित लामा
६. ले. ज. मृगेन्द्रशमशेर
७. विष्णुप्रसाद उपे्रती
८. वेनीबहादुर कार्की
९. दुर्गानन्द प्रसाद
१०. जि.मुनिलाल थारु
११. ताराप्रसाद उपाध्याय
१२. इन्द्रसिंह रावल
१३. हरिदत्त पाध्याय
१४. विश्वनाथ सुवेदी
१५. कोमलबहादुर कुँवर
१६. ललितबहादुर घले
१७. भरतशमशेर जबरा
१८. देववीर पाण्डे
१९. भीमबहादुर कार्की

संयुक्त प्रजातन्त्र पार्टीतर्फ

१. लोचन शमशेर
२. त्रिवेणी कुर्मी
३. काशीप्रसाद श्रीवास्तव
४. वाशुदेव तिवारी
५. धिरबहादुर गुरुङ

नेपाल प्रजापरिषद्तर्फ

१. जितबहादुर कार्की
२. निस्तार राय
३. शेख इन्द्रिस

स्वतन्त्रतर्फ

१. हरिलाल चौधरी
२. भीप्रसाद श्रेष्ठ
३. जयबहादुर महत क्षेत्री
४.रामदुलार राय यादव 



प्रतिक्रिया दिनुहोस्