Logo

भावुक हुँदै घनश्यामले भने: कयौं हण्डर ठक्कर खायौं, क्षति व्यहोर्‍यौं तर विद्रोहको पुष्टि गर्यौ



काठमाडौं,१६ असार । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष अशोक राईलगायत पुगेका छन् । यता प्रमुख सत्तारुढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् ।

एमालेबाट नै साढे २ वर्ष फुटेर नयाँ दल बनेको एसलाई एमालेले हालसम्म पार्टीको मान्यता दिएको छैन् । त्यसैले पनि एमालेका नेताहरु महाधिवेशनमा नगएका हुन् ।

महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै एसका महासचिव घनश्याम भुसाल भावुक देखिएका छन् । गत वर्षको आम निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी एसमा प्रवेश गरेका थिए । उद्घाटन सत्रमा भावुक देखिएका भुसालले यसबीचमा कयन हण्डर ठक्कर खाएपनि विद्रोहको औचित्य पुष्टि भएको बताएका छन् ।

‘तीन वर्षमा हामीले अनेक उकाली–ओराली र हण्डर ठक्कर खायौं । क्षति व्यहोर्‍यौं होला, तर भविष्य प्रतिको संकल्प भुलेनौं,’ भुसालले भने, ‘हामीले भविष्यमा अझ धेरै हण्डर-ठक्कर खानुपर्नेछ, तर कम्युनिस्ट आन्दोलनले लिनुपर्ने सही दिशातिर अघि बढ्दैछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot