Logo

ओलीसँगको वार्ता सकारात्मक भएपछि देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं,१६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ । सोमबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाइएको हो ।

बैठकमा समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताईएको छ । शनिबार सभापति देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार निवास बालकोटमै पुगेर भेटेका थिए।

शनिबार नेपाली देउवा श्रीमती तथा सांसद आरजु देउवा राणालाई लिएर ओली निवास बालकोटमा पुगेका थिए । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।

देउवाले शनिबार ओलीसँग भेटेर सहकार्यको प्रस्ताव अघि सारेका छन् । देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेपछि अत्तालिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै फोन गरेका थिए ।

एमाले र कांग्रेसबीचको वार्ता सकारात्मक बनेपछि निर्णय गर्णय गर्न देउवाले बैठक डाकेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot