Logo

एकीकृत समाजवादीको महाधिवेशनमा पुगेर सीके राउतले भने: तपाईंहरुको पार्टीको नाम मन पर्‍यो



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम आफूलाई सबैभन्दा धेरै मन परेको बताएका छन् ।

आइतबारबाट सुरु भएको एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै राउतले सो पार्टीको नाम मन परेको बताए । ‘सबैभन्दा पहिला म भन्न चाहान्छु । महाधिवेशनको संघारमा तपाईहरु हुनुहुन्छ । म सुरुमा भन्छु मलाई तपाईहरुको पार्टीको नाम अत्यन्तै मन पर्छ । मलाई कम्युष्टि र समाजवादी शव्द अत्यन्तै प्यारो लाग्छ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्