Logo

एकीकृत समाजवादीको महाधिवेशन बहिष्कार गरेको एमाले आज कहाँ छ ?



काठमाडौं,१६ असार । नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो । आजबाट सुरु भएको महाधिवेशन २० गतेसम्म चल्नेछ ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राई लगायत उपस्थित भएका छन्।

सबै दलका शीर्ष नेता उपस्थित भएको महाधिवेशनमा सत्तारुढ दल नेकपा एमाले भने उपस्थित भएको छैन् । एसले एमालेलाई पनि निम्ता गरेको भएपनि उनीहरु कोहीपनि उपस्थित भएका छैनन् । नेकपा एस ३ वर्षअ‍ेघि एमालेबाट फुटेर बनेको दल हो । एमालेबाट फुटेको दल हुँदा एमालेले उसलाई नयाँ दलको मान्यता दिएको छैन् ।

एकीकतृ समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी विभाजनपछि सम्बन्ध तिक्ततापूर्ण रहेको छ । पार्टी विभाजनपछिको तिक्तता तोड्दै २०८० फागुन २१ गते प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा जोडिएका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच अझै सम्बन्ध नसुध्रिएको हो ।

एकीकृत समाजवादीको महाधिवेशन सामूहिक रुपमा बहिष्कार गरेको एमालेले आज कृषि तथा पशुपन्छी बिभागको कार्यक्रम राखेको छ । नीति सम्वाद नाम दिएको सो कार्यक्रममा एमालेका सबैजसो नेताहरु उपस्थित छन् । त्यसोत एमालेले ०७८ सालमा आयोजना गरेको १०औं राष्ट्रिय महाधिवेशनमा पनि एसका कुनै पनि नेता उपस्थित भएका थिएनन् ।

गत वैशाख १० गते एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सव आयोजना गर्दा नेपालले बहिष्कार गरिदिएका थिए ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित महोत्सवमा प्रायस् सबै दलका शीर्ष नेताहरु जाँदा नेपाल भने धुलिखलेतिर गएर बसेका थिए ।

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेसका सभापति देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको थियो । अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको थियो ।

आफ्नै दलबाट फुटेर नयाँ पार्टी बनेको र आफूले पटक-पटक बोलाउँदा पनि कार्यक्रममा उपस्थित नभएको भन्दै रुष्ट बनेको एमालेले आज सोही वदला लिनका लागि कार्यक्रमा बहिष्कार गरेको बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot