Logo

प्रचण्डको खुलासा, ‘माओवादी र एकीकृत समाजवादीबीच एकताको प्रयास भइरहेको छ’



काठमाडौं, १६ असार । नेपकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) सँग एकताको प्रयास भइरहेको बताएका छन् । आज (आइतबार) एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनअघि, निर्वाचन पछि र अहिले पनि दुई पार्टीबीचको सहयात्रा कायमै रहेको र एकताका लागि पहल भइरहेको बताए । उनले महाधिवेशनबाट यस विषयमा ठोस निर्णय गर्नसमेत सुझाव दिए ।

‘नेकपा (एकीकृत समाजवादी) र माओवादीका बीचमा निर्वाचन अघि, निर्वाचनपछि र आजको मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिनै राखेका छौं । मलाई लाग्छ, यो महाधिवेशनले त्यो दिशामा पनि ठोस निर्णय गरोस्,’– प्रचण्डले भने ।

उनले देशका सबै देशभक्त र वामपन्थी शक्तिहरु एकतावद्ध भएर जनताको आवश्कता र चाहनालाई सम्बोधन गर्न सक्नुपर्ने बताए ।

एकीकृत समाजवादीले आफ्नो राजनीतिक प्रतिवेदनमा माओवादीलाई नजिकको मित्र भनेर पनि अस्थिर प्रवृत्तिको पार्टीको रुपमा चित्रण गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले जनयुद्ध र शान्ति प्रक्रिया भएर देश अहिलेको अवस्थामा आइपुग्नुमा प्रचण्डकै अस्थिरताले काम गरेको बताए । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot