Logo

महाधिवेशनमा पुगेर देउवाले गरे माधव नेपालको प्रशंसा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति प्रणाली रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालको भूमिका नेपाली राजनीतिको रक्षाका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण यसै संविधान मार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नको लागि महत्वपूर्ण एजेण्डा हुन् । यो व्यवस्थाप्रति नेकपा एसले महत्वपूर्ण भूमिका खेलेको छ ।’

सभापति देउवाले नेपालको राजनीतिमा, मुलुकमा शान्ति स्थापना गर्ने सवालमा, संविधान निर्माणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशं‌सा गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot