Logo

एमालेले महाधिवेशन बहिष्कार गरेपछि माधव नेपालले के भने ?



काठमाडौं,१६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको दाबी गरेका छन् ।

आज बाट सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन एमालेले सामूहिक बहिष्कार गरेको थियो । महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको जिकिर नेपालको छ ।

उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूुचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot