Logo

बेचनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं, १६ असार । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका झालाई आज अदालत उपस्थित गराइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही मानिसहरु पक्राउ परेदेखि उनी फरार थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाको संलग्नता देखेपछि प्रहरीले पुरक जाहेरीमार्फत उनलाई प्रतिवादी बनाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खान, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थ अधिकारीहरु पक्राउ परिसकेका छन् ।

पूर्व गृहमन्त्री खाण अहिले धरौटीमा रिहा भएका छन् । पूर्व उपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डेलगायत थुनामै छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot