Logo

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल-भुसालको रसाकसी निश्चित



काठमाडौं, १६ असार । नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्र सम्पन्न भएको छ । आजदेखि सुरु भएको महाधिवेशन अगाामी असार २० सम्म जारी रहने छ । महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयनको कोशिस गरिएपनि अहिलेसम्मका प्रयास असफल भएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अध्यक्षले अध्यक्षको दाबी छाडेपनि अध्यक्ष माधव कुमार नेपाल फेरि दोहोरिने प्रयासमा छन् । अध्यक्षमा दोहोरिने माधवको चाहनालाई महासचिव घनश्याम भुसालले चूनौति दिइरहेका छन् ।

एकीकृत समाजवादीको १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि नेपाल–भुसालको प्रतिस्पर्धा निश्चित भएको नेताहरु बताउँछन् । भुसालले दाबी नछाडेसम्म अध्यक्षमा सर्वसम्मत हुने माधवको चाहना पूरा नहुने निश्चित छ । प्रतिस्पर्धामा जाँदा युवा पुस्ताको साथ भुसालतर्फ छ ।

हाल सचिवको भूमिकामा रहेकी रामकुमारी झाँक्री भुसाललाई अध्यक्षमा उठाएर आफू महासचिवमा इन्ट्री गर्ने तयारीमा छिन् । भुसाललाई सम्मानित नेता खनालको पनि साथ छ । स्रोतका अनुसार अध्यक्षमा सघाउनेबारे भुसाल र खनालको समझदारी बनिसकेको छ ।

नेतृत्व छनोटका लागि एक हजार आठसय ५० जना प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । सर्वसम्मत नेतृत्व चयन नभएमा नेपाल–भुसालबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot