Logo

एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको माधव नेपालको दाबी



काठमाडौँ, १६ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताएका छन् ।

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot