Logo

टीआरसीमा रहेको बाँकी असहमति टुंग्याउन तीन दलको सहजीकरण कार्यदल गठन



काठमाडौं,१७ असार । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका विषयलाई टुंगो लगाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहजीकरण कार्यदल गठन गरेको छ ।

आइतबार बेलुका तीनै दलले सहजीकरणका लागि एक एक जनाको नाम दिएपछि अब यसले छलफल थाल्ने भएको छ । सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

यसअघि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले टीआरसीको बाँकी काम तत्काल टुंग्याएर यसै अधिवेशनबाट सो विधेयक पास गर्ने सहमति जुटेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot