Logo

झनै निर्मम बन्दै रेशम, श्रीमतीलाई संसदीय दलको नेताबाट हटाएर बावुलाई बनाए प्रमुख सचेतक



काठमाडौं,१७ असार । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो ।

संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरा लाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नाउपामा केही महिनादेखि घरझगडा व्याप्त छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीचको अन्तरद्धन्द्धका कारण पार्टी फुटको अवस्थामा पुगेको धेरैले आंकलन गर्ने गरेका छन् । रञ्जिता र रेशम श्रीमान श्रमिती हुन् । तर, केही महिनादेखि यी दुईबीचको सम्बन्ध अत्यन्तै चिसिएको छ ।

वर्तमान सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा लामो समयदेखि विवाद छ । रञ्जिता यो सरकारको पक्षमा छिन् भने उनी केही दिनमा नै मन्त्री बन्नेसमेत चर्चा छ । तर, रेशम पक्ष वर्तमान सरकारको विपक्षमा छ । सरकार र सत्ताका लागि श्रीमान श्रीमतीबीचको घर झगडाले पार्टीनै ध्वस्त हुने अवस्थामा पुगेको भन्दै कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

सोही विवादकाबीच श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन् ।

विवादकै कारण सुदूरपश्चिममा समेत प्रदेश सभा सदस्यहरू विभाजित छन् ।

रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सरकारमा सहभागी भएका बेला रेशम पक्षका अन्य पाँच जना भने कांग्रेससँगै प्रतिपक्षी बेन्चमा बसेका छन् ।

रेशमले रञ्जितालाई संसदीय दलको नेताबाट हटाएर आफ्ना बावुसमेत रहेका लालवीर चौधरीलाई प्रमुख सचेतक बनाएपछि रञ्जिताविरुद्ध उनी झनै निर्मम बनेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot