Logo

रञ्जीताले आफैँ मन्त्री बन्ने घोषणा गरेपछि बिच्किएका थिए अरुण चौधरी



काठमाडौं,१७ असार । नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ । हालै संसदीय दलको नेताबाट रञ्जीता श्रेष्ठलाई हटाएर गंगाराम चौधरीलाई नयाँ दल नेता बनाउन निर्णायक भूमिका खेलेका अरुणलाई मन्त्री बनाउने तयारी छ ।

मन्त्री बनाउने सहमति जनाएपछि अरुणले रञ्जितालाई दलको नेताबाट हटाउन राजी भएको उच्च स्रोतको भनाइ छ। यसअघि अरुण रञ्जिता पक्षमा खुल्दै आएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारुढ दलसँग छलफल अगाडि बढाइरहेका छन्। साना दललाई समेट्न एमाले र माओवादी केन्द्रले मन्त्रि फिर्ता बोलाउने तयारी गरेका छन्।

प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिरहँदा रञ्जीताले नै आफू मन्त्री बन्ने र अरुणलाई राज्यमन्त्री बनाउने बताएपछि उनी बिच्किएको स्रोतले जनाएको छ । बुधबारसम्म प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गर्ने र नाउपाबाट अरुण मन्त्री बन्ने रेशम पक्षको दाबी छ ।

यससँगै केन्द्रमा अब रेशम चौधरी पक्षमा ३ सांसद भएका छन्। बैठकमा चार सांसदमध्ये तीन जनाले हस्ताक्षर गरेका छन्। पार्टीका चार सांसदमध्ये गंगाराम चौधरी, अरुणकुमार चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि श्रेष्ठ एक्लिएकी छन्।

आइतबारको बैठकले दलको नेताबाट रञ्जितालाई हटाएर गंगाराम चौधरीलाई चयन गरेको छ। त्यस्तै प्रमुख सचेतक पदमा रहेका रेशमका बुबा लालवीर चौधरीलाई राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा रञ्जिताको हस्ताक्षर भने छैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot