Logo

ओलीले शेरबहादुरजी भेटघाट नै गर्न नचाहने भनेपछि देउवा बालकोट पुग्नुभयो !



काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्ता समीकरणमा फेरबदल ल्याउन पार्टी सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवासमा नगएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसलाई अहिले सरकार बनाउने र नबनाउने विषयमा खासै चासो नरहेको बताए । सहमहामन्त्री परियारले ओलीले विगतमा शेरबहादुरजी भेटघाट नै गर्न नचाहने भनेर आरोप लगाएपछि देउवा बालकोट गएको हुनसक्ने बताए ।

‘यतिबेला नेपाली कांग्रेस पार्टीले कुनै पनि दलसँग सरकार बनाउने, नबनाउने भन्नेबारेमा खासै चासो राखेको छैन । प्रमुख प्रतिपक्षी दलका नेता र सत्तारुढ दलका नेताबीचमा भेटघाट नै नहुने भन्ने कुरा भएन । पछिल्लो गठनबन्धनको सरकार बन्दाखेरी केपी शर्मा ओलीले विपक्षी दलको नेता छलफल नै गर्न नचाहने, शेरबहादुरजी भेटघाट नै गर्न नचाहने भन्नुहुन्थ्यो । त्यसकारण नेपाली कांग्रेसका सभापति भेट्न जानुभएको होला,’– उनले भने ।

उनले जनताले कांग्रेसलाई म्याण्डेड दिएर सरकार चलाउने जिम्मेवारी दिएको बताए । संसदीय गणितका कारण अहिले आफूहरु प्रतिपक्षको भूमिकामा रहेको उनले बताए । प्रतिपक्षमा आफूहरुले सशक्त भूमिका निर्वाह गरिरहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot