Logo

प्रचण्ड–ओलीबीच ४ घण्टादेखि बालुवाटारमा छलफल



काठमाडौं,१७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड ओलीसँगको भेट रोकेर निस्किएपछि रोकिएको वार्ता फेरि सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो ।

आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।

कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ ।

गएको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीनिवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यसयता राजनीतिक वृत्त तरंग बनेका बेला बालुवाटारमा लामै छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot