Logo

प्रचण्डसँग ओलीले भने: देउवाजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभयो, राष्ट्रिय सहमतिको सरकार बनाऔँ



काठमाडौं,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहान ९ बजे प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । आज पनि प्रचण्डले शनिबार भएको कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे चासो राखेका थिए । जवाफमा प्रचण्डलाई ओलीले कांग्रेसबाट प्रधानमन्त्री बन्ने प्रसताव आफूलाई आएको बताएका छन् ।

ओलीको कुरा सुनेर गम्भीर बनेका प्रचण्डले अहिलेनै त्यस्तो नगर्न आग्रह गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार ओलीले प्रचण्डसँग मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ भन्ने प्रस्ताव गरेका छन् । जवाफमा प्रचण्डले यहि गठबन्धनबाट प्रधानमन्त्री बन्न आग्रह गरेका छन् । ओलीले यस्मा कुनै उत्तर दिएनन् ।

यसबीचमा आइतबार पनि प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल भएको थियो । उनीहरूबीच छलफल भइरहेका बेला रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए ।

गएको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीनिवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।

कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot