Logo

प्रचण्डसँगको निर्णायक वार्ता सकेर बालुवाटारबाट बाहिरिए ओली, देउवासँग आजै अर्को छलफल हुँदै



काठमाडौं,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन घण्टा छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्।

सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका अध्यक्ष ओली तीन घण्टा छलफल गरेर बालुवाटारबाट निस्किएका हुन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बीचमा केहीबेर बैठक रोकिएको थियो। पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः केहीबेर चलेको थियो।

उनीहरूबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रचण्डले आजको छलफलका लागि स्थान पनि नयाँ राजेको थिए।

यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेपछि राजनीति तरंगित भएको छ।

कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot