Logo

गृहमन्त्री लामिछानेलाई ज्ञानबहादुरको सुझावः ‘गिरीबन्धुको फाइल अलरेडी छ, पक्राउ गरे हुन्छ’



काठमाडौं, १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको फाइल तयारी अवस्थामा रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले गिरीबन्धु प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न सुझाव दिए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले केही समयअघि ‘भ्रष्टाचारका सबै फाइल खोलिन्छन्, तर फाइल तयारी गर्न समय लाग्छ’ भनी दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले सर्वोच्च अदालतले फाइल तयार गरिदिएको बताए ।

‘गिरीबन्धु टी स्टेटको फाइल खोल्नुपर्छ भनेर हामीले संसद्मा आवाज उठाउँदैगर्दा अहिलेसम्म खोलिएको छैन । सम्मानित अदालतले फैसला गरेको छ । फाइल बनाउन पर्दैन । अलरेडी छ । पक्राउ गरेहुन्छ । माननीय गृहमन्त्री यहीँ हुनुहुन्छ, म अनुरोध गर्न चाहन्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot