Logo

रास्वपालाई आजपाको प्रश्न: जान्नेलाई छान्ने पार्टीले बनाएको मन्त्रीले वैदेशीक रोजगार पीडितको माग किन सम्बोधन गर्न सकेनन् ?



काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वैदेशीक रोजगार पीडितलाई न्याय दिलाएन सरकार गम्भीर नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका आजपा अध्यक्ष साहले १५ दिनदेखि आफ्नो पार्टीले वैदेशीक रोजगार पीडितलाई न्याय दिलाउन लागिपर्दा पनि सरकारले कुनै सुनुवाइ नगरेको बरु उल्टै वैदेशीक रोजगार विभाग वरपर निषेधित क्षेत्र तोकेको भन्दै आपत्ति जनाए ।

‘वैदेशीक रोजगार विभाग जाने बाटो के निषेधित क्षेत्र हो । त्यो बाटोलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । यहि होइन भने ती ठाउँमा शान्तिपूर्ण जुलुस किन गर्न दिईएन ? । गृहमन्त्रीलाई म सोध्न चाहान्छु । तपाईले काठमाडौंका विभिन्न स्थानमा लागेका निषेधित क्षेत्र हटाईरहँदा हामीले समर्थन गरेका थियौं । तर, आज वैदेशीक रोजगार विभाग अगाडि न त धर्ना बस्न दिईएको छ । नत प्रदर्शन नै । यसबारेमा सरकारले स्प्रष्ट पार्नुपछ’ उनले भर्ने ।

साहले शान्तिपूर्वक प्रदर्शन गर्दा प्रहरीले दमन गरेको भन्दै यसको जवाफ गृहमन्त्रीले दिनुपर्ने बताए । ‘वैदेशीक रोजगार पीडितलाई न्याय दिलाउन हाम्रो पार्टीको भातृ संगठन आइटी आर्मीका युवाहरुले आज १५ दिनदेखि लगातार प्रदर्शन गरिरहेका छन् । तर, त्यो बाटोमा हिँड्न दिईएको छैन् । शान्तिपूर्ण रुपमा प्रदर्शन र विरोध जनाउँदा प्रहरीले दूव्यवहार गरेको छ । प्रताडित गरेको छ । यदि निषेधित क्षेत्र हो भने सरकारले स्प्रष्ट भन्नपर्यो होइन भने त्यहाँ शान्तिपूर्ण विरोध प्रदर्शन गर्न किन पाईँदैन ?’ उनले प्रश्न गर्दै सोधे ।

रास्वपाले जान्नेलाई छान्ने रणनीति अन्तर्गत नै जान्ने भनिएका डीपी अर्याललाई श्रम रोजगार मन्त्री बनाएको भन्दै साहले जान्नेले पनि पीडितका माग सम्बोधन गर्न नसकेको बताए । ‘माननीय गृहमन्त्रीज्यूको पार्टीले जान्नेलाई छान्ने लाईन लिएको छ । तर, छान्नेलाई नै मन्त्री बनाएको छ । मेनपावरको जानकार मान्छे श्रममन्त्री हुनुहुन्छ । मेनपावरले कसरी जनता ठग्छ भन्नेकुरा उहाँले राम्रोसँग बुझ्नु भएको छ । तर, अहिलेसम्म हाम्रो माग किन पूरा भएको छैन’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot