Logo

प्राइम टीभीसहित ९ सञ्चार माध्यमविरुद्ध आरजुले दर्ता गराईन् उजुरी



काठमाडौं, १७ असार । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले विभिन्न ९ सञ्चार माध्यमविरुद्ध उजुरी दर्ता गराएकी छन् । भ्रामक समाचार प्रकाशन÷प्रशारण गरेको भन्दै आरजुले ९ सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी हालेकी हुन् ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झासँग आफूलाई जोडेर समाचार प्रकाशन, प्रशारण गरिएको भन्दै उनले उजुरी दर्ता गराएको बताइएको छ । उनले योहो टेलिभिजन, सगरमाथ टेलिभिजन, न्यूज २४ टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन, कान्तिपुर टेलिभिजन, एकता टिभी नेपाल, नेपाली खबर टिभी, खोजनीति खबर र कलर अफ नेपालविरुद्ध उजुरी हालेकी हुन् ।

आरजुरले भ्रामक समाचारहरु हटाएर ती मिडियाहरुमाथि कारबाही गर्न माग गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot