Logo

सिंहदरबारमा क्याविनेट मिटिङ, कानुनमन्त्री भने संसद्मै



काठमाडौं, १७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केही समयअघिबाट सुरु भएको आजको बैठकमा कानुन तथा संसदीय मामिलामन्त्री पदम गिरी भने सहभागी छैनन् । गिरी प्रतिनिधि सभामा महत्वपूर्ण विधेयकका बारेमा छलफल भइरहेकाले उतै रहेको बताइएको छ ।

सत्ता समीकरण परिवर्तनको हल्ला चलिरहेको बेला कानुनमन्त्री गिरी क्याविनेट बैठकमा उपस्थित नुहुलाई विशेष रुपमा हेरिएको छ । आज क्याबिनेट बैठकमा छलफल हुने एजेण्डाबारे कुनै जानकारी गराइएको छैन ।

बैठकले मुख्यसचिव नियुक्तिको निर्णय गर्ने बालुवाटार स्रोतको भनाइ छ । मुख्यसचिवमा दिनेश भट्टराई, एकनारायण अर्याल, रामकृष्ण सुवेदी र तोयानारायण ज्ञवालीको नाम चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot