Logo

‘चिया पिउन आउनुस्’ भनेर ओलीले बोलाएपछि बालकोट पुगेका थिए देउवा



काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् ।

आज (सोमबार) बसेको बैठकमा देउवाले आफूलाई ओलीले चिया खान भनेर बोलाएको र आफू गएको बताए । उनले ओलीसँग सौहार्दपूर्ण वातावरणमा छलफल भएको र अहिले आफूहरुबीचको सम्बन्ध सकारात्मक र सुमधुर रहेको पनि जानकारी गराए ।

‘उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं, बस्यौं । सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ,’– बैठकमा देउवाले गरेको ब्रिफिङ सुनाउँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।

देउवा र ओलीबीचको भेटवार्तामा सत्ता परिवर्तनबारे छलफल भएको अनुमान लगानुलाई स्वभाविक मानिने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot