Logo

सत्ता समीकरण उलटफेरको चर्चाबारे प्रधानमन्त्री प्रचण्डले गरे ब्रिफिङ



काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठकमा सत्ता समीकरणमा कुनै पनि संकट नरहेको ब्रिफिङ गरेका छन् । आज (सोमबार) बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरणमा उलटफेर आउन लागेको भनी आइरहेका समाचारका बारेमा यथार्थता बताएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरणका बारेमा बाहिर चर्चामा आएका सबै कुरा असत्य रहेको भनी ब्रिफिङ गरेको बताईन् ।

‘प्रधानमन्त्रीज्यूले हामीलाई बाहिर मिडियामा आएका कुरा र यथार्थ के हो भन्ने विषयमा ब्रिफिङ गर्नुभयो । नेकपा (एमाले) का अध्यक्ष र सम्मानीय प्रधानमन्त्रीज्यू बीच हिजो र आज पनि छलफल भएको कुरा तपाईँहरुले थाहा पाउनु भएकै छ । असमझदारी बढ्यो भन्नेबारे बाहिर जुन खालका चर्चा, परिचर्चा भए, ती सबै कुराहरु असत्य हुन् । त्यस्तो छैन ।’ मन्त्रिपरिषद्को बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘ हाम्रो छलफल अत्यन्त सकारात्मक ढंगले अगाडि बढेको छ । यो गठबन्धन लामो समय जाने स्थिति बनेको छ भन्ने प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ । सरकार के होला भन्ने खालको स्थिति मिडियामा आएको छ । त्यो खालको स्थिति होईन भन्ने कुरा उहाँले ब्रिफिङ गर्नुभयो ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot