Logo

शंकर पोखरेलले भने: संविधान संशोधन गर्नेगरी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार



काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी नेपाली कांग्रेससँग समझदारी भएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, ‘राजनीतिक स्थाईत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा ९एमाले० र नेपाली कांग्रेसका बीचमा समझदारी।’

साथै, उनले राष्ट्रिय सरकारमा अन्य सहमत दलहरूलाई पनि समावेश गरिने बताएका छन्। ‘यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने,’ उनले भनेका छन्।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। उनीहरूबीच अहिले भेटवार्ता भइरहेको छ।

सोमबार मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिपछि प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्।

यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। छलफलकैबीचमा एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ।

सोमबार मध्यराती ९सवा १२ बजे० काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot