Logo

कांग्रेस र एमालेको समीकरण के-का लागि, प्रकाशशरण महतले दिए यस्तो जवाफ



काठमाडौं,१८ असार । नेपाली कांग्रेसले राजनीतिक स्थायित्व,आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको बताएको छ ।

एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा।प्रकाश शरण महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए ।

‘अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संसोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बीचमा सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ । नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म । त्यसमा अरु दललाई संलग्न गर्न सकिन्छ । वृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ । लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ । एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ । लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो । सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ’ उनले भन

पार्टी कार्यसम्पादन समितिको बैठक भोली ९ बजे बसेर समझदारी अनुमोदन गर्ने डा। महतले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot