Logo

ओली र देउवालाई साथ दिने राप्रपाको संकेत, लिङ्देनले डाके पदाधिकारी बैठक



काठमाडौं,१८ असार । राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठक मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

नयाँ सरकार गठन गर्नेबारे दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि राजनीति परिस्थिति मोडिएको छ । दुई दलले संविधान संशोधनलगायतका मुद्दा अघि सारेपछि राप्रपा पनि सकारात्मक छ ।

सोमबार मध्यराती सवा १२ बजे काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot