Logo

ओली र देउवाको सहमतिपछि पार्टीको नेतृत्व र सत्ता दुवै गुम्ने डरले तनावमा माधव नेपाल



काठमाडौं,१८ असार । नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन जारी छ । तीन दिनदेखि जारी महाधिवेशन पर्सीसम्म चल्नेछ । महाधिवेशन जराी रहँदा सत्तारुढ दल नेकपा एस सत्ताबाट बाहिरिने अवस्थामा पुगेको छ ।

सोमबार मध्यराती सवा १२ बजे काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।

नागरिकमा निराशा छाएको भन्दै संविधान शंसोधनको लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान शंसोधन सुझाव समिति पनि बनाउने सहमति पनि भएको छ ।

 आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधारगरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ। राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ।

दुई दलको सहमति अनुसार पहिलो चरणमा अ‍ोली र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने र चुनाव गराउने सहमति भएको छ । यो सहमतिको प्रत्यक्ष असर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई परेको छ । उनी प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धनबाटै जसरी भएपछि प्रधानमन्त्री बन्ने सपनामा थिए । तर, मध्यरातको दुई दलको सहमतिको त्यो सपना चकनाचुर भएको छ ।

यता जारी महाधिवेशनबाट पुन पार्टी अध्यक्ष बन्ने तयारीमा छन् । तर, उनलाई महासचिव घनश्याम भुसालले चुनौती दिँदैछन् । भुसाललाई सम्मानीत नेता झलनाथ खनालसहितको ठूलो पंक्तिले साथ दिएका छन् । त्यहि साथका कारण यसपटक माधवलाई हराउने विश्लेषण पार्टी वृत्तमा हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot