Logo

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय, प्रचण्डले राजीनामा नदिँदासम्म मन्त्री फिर्ता नबोलाउने



काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।

रास्वपाले तत्काल प्रचण्ड सरकार पनि नछाड्ने भएको छ । प्रचण्डले कठिन परिस्थितिमा साथ दिएकाले उनले राजीनामा नदिँदासम्म मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot