Logo

कांग्रेस-एमालेले ०४७ सालको संविधान व्युँताउनसक्ने माओवादीको आशंका



काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेकपा (एमाले) र नेपाली कांग्रेसले २०४७ सालको संविधान व्युँताउन सक्ने आशंका व्यक्त भएको छ ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आज (मंगलबार) बसेको पार्टी पदाधिकारी बैठकमा अब बन्ने सरकारले पछिल्ला परिवर्तनलाई उल्ट्याउने त होईन ? भन्ने ढंगबाट छलफल भएको बताए ।

एमाले–कांग्रेसबीच भएको पछिल्लो सहमतिमा संविधान संशोधनका विषयहरु उल्लेख रहेपनि विषय स्पष्ट नरहेकाले आशंका गर्ने ठाउँ रहेको पौडेलले बताए ।

‘के विषयमा संविधान संशोधन हो ? के आवश्यकता पर्यो ? के खडेरी पर्यो, देशमा के संकट पैदा भयो ? पछिल्ला परिवर्तनका विषयहरु कतै उल्टिने त होईनन् ? कतै ०४७ को संविधान व्यूँताउने त कोशिस होईन भन्ने गम्भीर प्रश्न उठेको छ,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot