Logo

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङः देश पश्चगमनतर्फ जाने संकेत देखापर्यो



काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश पश्चगमनतर्फ जाने संकेत देखापरेको बताएका छन् । आज (मंगलबार) पार्टी पदाधिकारी बैठकमा प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनको विषय पनि एजेण्डा बनाएकाले देश पश्चगमनतर्फ जानसक्ने खतराबारे ब्रिफिङ गरेका हुन् ।

‘अग्रमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने संकेतहरु देखापरेको छ । यो बेठीक छ भन्ने हामीलाई लागेको छ । यो यात्रा अग्रगमनतिर परिलक्षित भएकोजस्तो हामीले महशुस गरेका छैनौं । संक्षिप्त ब्रिफिङ हामीले सुन्यौं,’ माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै भने ।

एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक नदेखिएको उनको भनाइ छ । नेता सापकोटाले वर्तमान सरकार बनेदेखि भ्रष्टाचारका विरुद्धमा ठूला–ठूला काम भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश गएको उनको भनाइ छ ।

वर्तमान संविधानमा लोकतन्त्रका नयाँ मूल्य मान्यता पनि समावेश भएको बताउँदै उनले राम्रोसँग अभ्यास नै नगरी संशोधन गरिने कुरालाई प्रत्यासित मान्न नसकिने उनको भनाइ छ । संघीयता र समावेशिताको सवालमा बाहिर आइरहेका कुराहरु स्वभाविक र प्राकृतिक नरहेको नेता पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot