Logo

पार्टीको निर्णय सुनाउन प्रधानमन्त्री प्रचण्ड शीतल निवास प्रस्थान



काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति भवन शितल निवास हिँडेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास लागेका हुन् ।

सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गएराति सम्झदारी भएको छ । उनीहरुले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताउँदै आएका छन् ।

पछिल्लो राजनीतिक अवस्थाको ‘ब्रिफिङ’ गर्न उनी त्यहाँ जान लागेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मत लिने निर्णय मंगलबार बसेको पदाधिकारी बैठकबाट गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot